राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव

बिजमाण्डू
२०८३ असार १९ गते १०:४३ | Jul 3, 2026
राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव


काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार पुनः २५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ ऋणपत्र निष्कासन गर्न लागेको हो।

Vigo
GBIME
Tata

मंगलबार राष्ट्र बैंकले १ वर्ष अवधिको ३५ अर्ब र बुधबार पनि ४५ अर्बको ऋणपत्र निष्कासन गरेको थियो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार ३ बजेभित्र बोलकबोल मार्फत आवेदन दिन सक्ने छन्।

ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।