बजेटको व्यवस्था कार्यान्वयन गर्न निर्देशिका जारी गर्ने तयारीमा बीमा प्राधिकरण



बिजमाण्डू
२०८३ असार १७ गते १९:४३ | Jul 1, 2026
बजेटको व्यवस्था कार्यान्वयन गर्न निर्देशिका जारी गर्ने तयारीमा बीमा प्राधिकरण

काठमाडौं। सरकारले बजेटमार्फत गरेको व्यवस्था कार्यान्वयन गर्न नेपाल बीमा प्राधिकरणले निर्देशिका जारी गर्ने तयारी थालेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गररेर बजेटमा गरिएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशिका जारी गर्न लागेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि आवश्यक निर्देशिका अब चाँडै नै जारी गर्ने बताए।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने घोषणा गरेको छ।

बजेटमा दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्ने भनिएको छ।

यस्तै, जोखिम न्युनीकरणका लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने, तेस्रो पक्ष बीमाङ्क १० लाख पुर्‍याउने, सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने, दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्ने तथा सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था गर्ने बजेटमा उल्लेख छ।