काठमाडौं। सुनचाँदीको मूल्य घटेको छ। सुनको भाउ सोमबार तोलामा १४०० रुपैयाँले घटेको हो।
सोमबारका लागि सुनको मूल्य प्रति तोला २ लाख ८२ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन सुनको मूल्य तोलामा ४ हजार ७०० रुपैयाँले बढेको थियो।
चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ। चाँदीको मूल्य प्रति तोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुन ४०४०.५५ डलर र चाँदी ५७.८५ डलरमा कारोबार भइरहेको छ।











