काठमाडौं। आज सुन र चाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा आज ४ हजार ७०० रुपैयाँ महंगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको मूल्य १४५ ले बढेको छ। चाँदी तोलको भाउ आज ४ हजार ३२५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार एक तोला सुनको दुई लाख ७९ हजार १०० रुपैयाँ र चाँदीको ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको ४ हजार ८ डलर र चाँदीको ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











