कामना सेवा विकास बैंकले बैजनाथ माविका विद्यार्थीलाई वितरण गर्‍यो शैक्षिक सामग्री



बिजमाण्डू
२०८३ असार १२ गते १४:४५ | Jun 26, 2026
कामना सेवा विकास बैंकले बैजनाथ माविका विद्यार्थीलाई वितरण गर्‍यो शैक्षिक सामग्री

काठमाडौं। कामना सेवा विकास बैंकले कञ्चनपुरको बेदकोट नगरपालिका-८ स्थित बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले महेन्द्रनगर शाखामार्फत आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको जनाएको छ।

सामग्री वितरण कार्यक्रममा बेदकोट नगरपालिका-८ का वडा अध्यक्ष महेशदत्त जोशीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारबाट आउने भएकाले यस्ता सहयोगले उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिंह भाटले शिक्षा क्षेत्रमा गरिएको सानो सहयोगले विद्यार्थीको अध्ययनलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। समाजप्रति बैंकको दायित्व निर्वाह गर्दै यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिइने उनले बताए।

कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।