आइएमई लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई प्रदान गर्‍यो ५ लाख रुपैयाँ



बिजमाण्डू
२०८३ असार १२ गते १३:१२ | Jun 26, 2026
आइएमई लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई प्रदान गर्‍यो ५ लाख रुपैयाँ

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

शिक्षा क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त रकम कैलाली, दोलखा र सिन्धुलीमा संचालित समता एजुकेसन फाउन्डेसनअन्तर्गतका विद्यालयको शैक्षिक गतिविधि सुदृढ बनाउन तथा गुणस्तरीय शिक्षाको प्रवर्धनमा प्रयोग गरिनेछ। यस सहयोगले विद्यालयको शैक्षिक कार्यक्रम संचालनमा थप सहजता आउने अपेक्षा गरिएको छ।

समता एजुकेसन फाउन्डेसनले लामो समयदेखि आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। फाउन्डेसनले संचालन गरेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ वातावरण सुधार तथा शैक्षिक अवसर विस्तारमा सहयोग रकम उपयोग गरिने जनाइएको छ।

इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण र समुदाय विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।