विद्युतीय सवारीलाई छुट्टै मोटर बीमा पोलिसी ल्याउने तयारीमा प्राधिकरण, धमाधम सुझाव लिंदै



बिजमाण्डू
२०८३ असार ११ गते १८:४९ | Jun 25, 2026
विद्युतीय सवारीलाई छुट्टै मोटर बीमा पोलिसी ल्याउने तयारीमा प्राधिकरण, धमाधम सुझाव लिंदै


काठमाडौं। नेपाल बीमा प्राधिकरणले मोटर बीमा पोलिसी हेरफेर गर्ने तयारी गरेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले सवारी साधन बीमा लेखमा विद्युतीय सवारीका लागि छुट्टै पोलिसी बनाउने वा अहिलेकै पोलिसीबाट फरक-फरक दर लागू गर्ने विषयमा सुझाव लिन थालेको छ।

प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले छुट्टै पोलिसी बनाउने विषयमा छलफल गरिरहेको बताए।

‘बजारमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा परम्परागत मोटर बीमा लेखलाई परिमार्जन गर्ने कि छुट्टै विद्युतीय सवारी साधन बीमालेख ल्याउने भन्ने सम्बन्धमा हामी छलफलमा छौं,’ उनले भने, ‘विद्युतीय सवारी साधन सम्बन्धी छुट्टै बीमालेख ल्याउनुपर्ने आवश्यकताबारे विद्युतीय सवारी साधन निर्माता, डिलर, यातायात व्यवसायी, बीमक, बीमा सर्भेयर लगायत सबै सरोकारवालाको सुझाव लिनेछौं।’

प्राधिकरणले बिहीबार विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्यांकन तथा मर्मत सम्भारमा देखिएका चुनौती एवम् समस्या र समाधानका उपायबारे अन्तर्क्रिया गरेको छ।

प्राधिकरणले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ र बीमक संघका प्रतिनिधिलाई बोलाएर छलफल गरेको हो।