सूर्यतारा सिमेन्ट उद्योगमा जाने पहुँच मार्ग निर्माण गर्न उद्योग मन्त्रालयले छुट्यायो ३ करोड



बिजमाण्डू
२०८३ असार १० गते १५:०० | Jun 24, 2026
सूर्यतारा सिमेन्ट उद्योगमा जाने पहुँच मार्ग निर्माण गर्न उद्योग मन्त्रालयले छुट्यायो ३ करोड

काठमाडौं। सरकारले सूर्यतारा सिमेन्ट उद्योगमा जाने पहुँच मार्ग निर्माणको लागि आगामी आर्थिक वर्षको बजेटमा २ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ।

Tata
GBIME
Nepal Life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सडक डिभिजन कार्यालय सुर्खेतमार्फत भुक्तानीका लागि २ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको हो। पहुँच मार्ग निर्माणको इआईका लागि ११ लाख २० हजार रुपैयाँ बजेट राखिएको छ।

सम्राट सिमेन्टबाट बाहिरिएका मुकुन्द तिमिल्सिनाले सुर्खेतको चौकुने गाउँपालिकामा सूर्यतारा सिमेन्ट उद्योग निर्माण गर्दैछन्। तिमिल्सिनाले ४२ बिघा जमिन किनेर करिब १५ अर्ब रुपैयाँ लगानीमा उद्योग खोल्न लागेका हुन्।

उद्योगका लागि चुनढुङ्गा उत्खनन गर्ने ठाउँ सुर्खेतको बराहताल गाउँपालिका-७ लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म १० किलोमिटर सडक निर्माण  गर्नुपर्नेछ। पहुँच सडक निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि बजेट छुट्याउँदै आएको छ।