काठमाडौं। नेकपा एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको छ।
पूर्वअर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो।
संसदीय दलको बैठक अपराह्न २ बजे पार्टी कार्यालय च्यासल र सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तय भएको एमालेले जनाएको छ।










