हिमालयन रि-इन्स्योरेन्स छोडे कपुरले, एक साताअघि पाएका थिए कामु सीइओको जिम्मेवारी



बिजमाण्डू
२०८३ असार ९ गते १०:५७ | Jun 23, 2026
हिमालयन रि-इन्स्योरेन्स छोडे कपुरले, एक साताअघि पाएका थिए कामु सीइओको जिम्मेवारी


काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले राजीनामा दिएका छन्।

Vigo
GBIME
Tata

कपुरले कामु सीइओको जिम्मेवारी पाएको एक साता नहुँदै राजीनामा दिएका हुन्। कम्पनीमा २०२१ देखि कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत कपुरले असार २ गते कामु सीइओको जिम्मेवारी पाएका थिए।

उनले नायब प्रमुख कार्यकारी अधिकृतबाट पनि ८ गते राजीनामा दिएको कम्पनीले जनाएको छ। कम्पनीले सीइओ उपासना पौडेलविरुद्ध जेठ अन्तिम साता सम्पत्ति शुद्धीकरण लगायत तीन वटा मुद्दा दायर भएपछि कपुरलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।