रास्वपाले महाधिवेशन प्रतिनिधिको विवाद टुंगो लगाउन सकेन, बन्दसत्र बस्दै नबसी स्थगित



बिजमाण्डू
२०८३ असार ८ गते १९:०२ | Jun 22, 2026
रास्वपाले महाधिवेशन प्रतिनिधिको विवाद टुंगो लगाउन सकेन, बन्दसत्र बस्दै नबसी स्थगित

चितवन। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु नै नभइ स्थगित भएको छ।

Tata
GBIME
Nepal Life

सोमबार बिहान ९ बजे सुरु हुने तय भएको बन्द सत्र महाधिवेशन प्रतिनिधिलाई लिएर देखिएको विवाद समाधान हुन नसकेका कारण बस्दै नबसी स्थगित भएको हो। सोमबारको बन्दसत्रमा विभिन्न प्रस्ताव पारित गरेर मंगलबार मतदानको तालिका थियो।