काठमाडौं । जर्मन प्रविधि तथा इन्जिनियरिङ कम्पनी ‘बोश’ले ललितपुरको जावलाखेलमा आफ्नो नयाँ फ्ल्यागसिप शोरुम संचालनमा ल्याएको छ।
शोरुममार्फत कम्पनीले नेपालका ग्राहकलाई एकै स्थानबाट घरेलु उपकरण, पावर टुल्स तथा अन्य अत्याधुनिक प्रविधिमा आधारित उत्पादनहरुको अनुभव र सेवा उपलब्ध गराउने जनाएको छ। लक्ष्मी इलेक्ट्रोटेक प्रालि नेपालमा बोशको आधिकारिक बिक्रेता हो।
बोश इन्डियाका प्रबन्ध निर्देशक सैफ खानले नेपालमा बोशको बजार विस्तार हुँदै गएको उल्लेख गर्दै नेपाली उपभोक्ताको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर अत्याधुनिक तथा गुणस्तरीय होम एप्लायन्स उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए।
उनले नयाँ फ्ल्यागसिप शोरुमले ग्राहकलाई बोशका उत्पादनको अनुभव लिन र उत्कृष्ट सेवासँग जोडिन सहज बनाउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकलाई बोशका उत्पादनहरूको प्रत्यक्ष अवलोकन, डेमो तथा बिक्रीपछिको सेवासमेत प्रदान गर्नेछ।

जर्मन प्रविधि, गुणस्तर र ऊर्जा दक्षताका लागि परिचित बोशले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्ने रणनीतिअन्तर्गत जावलाखेलमा नयाँ केन्द्र स्थापना गरेको हो।
बोशले नेपालमा सन् २००५ देखि विभिन्न क्षेत्रमार्फत प्रवेश गर्दै आएको छ। अटोमोटिभ, भवन प्रविधि, पावर टुल्स तथा घरेलु उपकरण क्षेत्रमा सक्रिय कम्पनीले सन् २०२२ मा काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी नेपालमा आफ्नो प्रत्यक्ष उपस्थितिलाई बलियो बनाएको थियो।
कम्पनीका अनुसार नेपालमा बढ्दो शहरीकरण, पूर्वाधार विकास तथा आधुनिक प्रविधिप्रतिको उपभोक्ताको आकर्षणलाई मध्यनजर गर्दै बोशले आफ्नो सेवा सञ्जाल र बजार पहुँचलाई अझ विस्तार गर्ने योजना बनाएको छ।
नयाँ फ्ल्यागशिप शोरुम संचालनमा आएपछि जावलाखेल क्षेत्र आधुनिक प्रविधि तथा प्रिमियम ब्रान्डहरूको प्रमुख व्यापारिक केन्द्रका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।

बोशका होम एप्लायन्सअन्तर्गत घरायसी प्रयोगका विभिन्न आधुनिक उपकरणहरू उपलब्ध छन्। यसमा फ्रिज, वासिङ मेसिन, ड्रायर, डिशवासर, ओभन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, किचन चिम्नी, कफी मेसिन, मिक्सर ग्राइन्डर, ब्लेन्डर, भ्याकुम क्लिनर लगायतका उपकरणहरू पर्छन्।
जर्मन प्रविधिमा आधारित बोशका उत्पादनहरू ऊर्जा दक्षता, आधुनिक डिजाइन, उच्च गुणस्तर र टिकाउपनका लागि परिचित छन्।









