७६ लाख ३६ हजारलाई निःशुल्क बिजुली उपलब्ध गराउने तयारी, बढी बाल्नेलाई छुट



बिजमाण्डू
२०७८ साउन २१ गते १३:२६ | Aug 5, 2021

काठमाडौं। ऊर्जा मन्त्री पम्फा भुसालले ७६ लाख ३६ हजार जनतालाई निःशुल्क विद्युत उपलब्ध गराइने बताइएकी छन्। उनले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी हुन्।

Tata
GBIME
Nepal Life

अहिले कुल जनसंख्याको २५.१ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। यद्यपि विद्युत उपभोग भने घरधुरी अनुसार हुन्छ। 

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी काम गरिरहेको जानकारी दिएकी हुन्। 

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महसुल पनि कम गर्ने गरी तयारी गरिरहेको उनले बताइन। ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु। करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौं। घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्य हो,' उनले भनिन्। 

भुसालले सबै कृषियोग्य भुमिमा सिँचाई पुर्‍याउनका लागि क्रियाशील रहने बताइन। सिँचाईको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन। 

सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन। उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन।