काठमाडौं। सुनचाँदीको बढेको छ। अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा १ हजार ४ सय रुपैयाँ महँगिएको छ भने चाँदी ४० रुपैयाँ बढेको छ।
सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबारका तुलनामा ६ सय रुपैयाँले बढ्दै आइतबार प्रति तोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार प्रति तोला ४ हजार ७ सय ३० रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ४० रुपैयाँ बढेको हो। यसअघि गत शुक्रबारका तुलनामा आइतबार ५० रुपैयाँ बढेर तोलाको ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४१८५.१५ डलर र चाँदी ६५.६४ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति औंस ४१५५.६८ डलर र चाँदी ६४.८४ डलर थियो।










