ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने



बिजमाण्डू
२०७८ साउन १९ गते ११:४६ | Aug 3, 2021
ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

काठमाडौं। ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ। यसका लागि बैंक र नगरपालिकाबीच सहमति भएको छ।

Tata
GBIME
Nepal Life

तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेनका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई ऋण दिने छ। यसको ५ प्रतिशत ब्याज अनुदान सरकारले तिर्ने छ।