काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा बुधबार सामान्य गिरावट छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ भने चाँदी १० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि ३ सय रुपैयाँ बढेर मंगलबार प्रति तोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार कारोबार मूल्य प्रति तोला ४ हजार ९ सय ८० रुपैयाँ भएको छ। मंगलबार चाँदी तोलाको ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४३२६.५९ डलर र चाँदी प्रतिऔंस ७०.०२ डलरले कारोबार भइरहेको छ।











