नेप्सेले डेढ महिनापछि पायो अध्यक्ष, अर्थमन्त्री वाग्लेले सहसचिव लम्साललाई दिए नेतृत्व



बिजमाण्डू
२०८३ असार २ गते १६:३६ | Jun 16, 2026
नेप्सेले डेढ महिनापछि पायो अध्यक्ष, अर्थमन्त्री वाग्लेले सहसचिव लम्साललाई दिए नेतृत्व

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले पाएका छन्।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका लम्साललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका हुन्। नेप्सेमा अध्यक्षको पद डेढ महिनादेखि रिक्त थियो।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०८२ भदौ तेस्रो साता नियुक्ति दिएका बस्यालले गत वैशाख १५ गते राजीनामा दिएका थिए।

लम्साल हाल नेपाल रिइन्स्योरेन्सको अध्यक्ष तथा नेपाल बैंकको समेत सञ्चालक छन्।