मैलुङ खोला जलविद्युतले  ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्दै, लागत ९० करोड

बिजमाण्डू
२०७८ साउन ६ गते ०९:३४ | Jul 21, 2021
मैलुङ खोला जलविद्युतले  ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्दै, लागत ९० करोड


काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेबाट सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १८ गतेसम्म सेयर बिक्री गर्ने छ।

Tata
GBIME

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारी र पाँच प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई सेयर जारी गर्ने छ।

बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दनु पर्ने छ। अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले रसुवामा ५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ। कम्पनीको कुल लगात ९० करोड २९ लाख रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ बर्ष २ महिना छ।