काठमाडौं। अनलाइन फूड डेलिभरी सेवा दिँदै आएको राइड सेयरिङ एप 'पठाओ'ले आकर्षक योजना ल्याएको छ।
'डेलिभरी ह्यापिनेस एट योर डोर स्टेप' नाराका साथ सुरु गरिएको यो योजना अन्तर्गत ग्राहकलाई फुड मेनुमा ३० प्रतिशतसम्मको छुट र डेलिभरीमा विशेष छुट दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार करिब ४० वटा रेस्टुरेन्टसँगको सहकार्यमा फूड मेनुमा छुटको व्यवस्था गरिएको हो। ग्राहकले अर्डर गरेका खानेकुरा ४५ मिनेटभित्रै डेलिभरी गरिने कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए।
'छोटो समयमा ताजा र तात्कालै फूड डेलिभरी गर्नु पठाओ फूडको विशेषता हो। लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वाद लिनबाट खानाका पारखीहरु बन्चित हुँदै आएका थिए,' उनले भने, 'अब यो योजनामार्फत आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ मगाउन सक्नेछन्।'
उनका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै दिइने सेवामा ग्राहकले फूडम्यानको लाइभ ट्रयाकिङ गर्न सक्ने र एकैपटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सक्नेछन्।