नियमित आन्तरिक उडानका लागि बुद्धले सुरु गर्‍यो टिकट बुकिङ, अरुले गन्तव्य टुंगो लागेपछि



बिजमाण्डू
२०७८ असार ११ गते १४:०५ | Jun 25, 2021
नियमित आन्तरिक उडानका लागि बुद्धले सुरु गर्‍यो टिकट बुकिङ, अरुले गन्तव्य टुंगो लागेपछि

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले आउँदो बिहीबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै हवाई सेवा कम्पनीहरुले तयारी थालेका छन्।

निजी क्षेत्रको वायुसेवा काम्पनी बुद्ध एयरले टिकट बिक्री सुरु गरेको छ। सरकारले सुरुमा प्रत्येक कम्पनीलाई ५० प्रतिशत क्षमतामा उडान संचालन गर्न अनुमति दिएको छ। थोरै सीट मात्रै हुने भएकाले न्यूनतम भाडादरमै टिकट पाउन मुस्किल हुने कम्पनीले जनाएको छ। 

सरकारले ५० प्रतिशत क्षमतामा उडान गर्न अनुमति दिएसँगै दैनिक ३१ वटा उडान गर्ने योजना बनाइएको बुद्धका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए। 'उडान संख्या कम छ। यो बीचमा हवाई इन्धनको मूल्य पनि दुईपटक वृद्धि भइ सरचार्ज बढेको छ,' उनले भने, 'उडान संख्या कम भएसँगै गत वर्षको तुलनामा यो वर्ष सुरुवाती चरणमा न्युनतम भाडादरमा टिकट पाउन गाह्रै देखिन्छ।' 

उनका अनुसार निषेधाज्ञा अगाडि प्रतिलिटर ६२ रुपैयाँ कायम रहेको हवाई इन्धनको मूल्य यतिखेर प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ। सञ्चालन खर्च बढ्दा आधा क्षमतामा हवाई यातायातलाई खर्च पुर्‍याउन गाह्रो हुने उनले बताए। 

यती, श्री, सौर्य लगायतका वायुसेवा कम्पनीहरुले भने सरकारले उडान गन्तव्य तोकिदिए लगत्तै टिकट बुकिङ खुला गर्ने जनाएका छन्। नागरिक उड्डयन प्राधिकरण अनुसार सुरुवाती चरणमा यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले दैनिक क्रमश १५, सात र तीनवटा उडान गर्न अनुमति पाएका छन्।   

उडान गन्तव्य

सुरुवाती एकतर्फी भाडादर (रुपैयाँ)

काठामाडौं-पोखरा

,३७०/-

काठमाडौं-विराटनगर

,९००/-

काठमाडौं-भैरहवा

,५५०/-

काठमाडौं-भरतपुर

,५३०/-

काठमाडौं-धनगढी

,९५०/-