आर्थिक सर्वेक्षण आगामी शुक्रबार सार्वजनिक हुने, बजेट टिम राती १० बजेसम्म मन्त्रालयमै 



बिजमाण्डू
२०७८ जेठ ११ गते १४:३५ | May 25, 2021
आर्थिक सर्वेक्षण आगामी शुक्रबार सार्वजनिक हुने, बजेट टिम राती १० बजेसम्म मन्त्रालयमै 

काठमाडौं। अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण आगामी शुक्रबार (जेठ १४ गते) सार्वजनिक गर्ने भएको छ। मन्त्रालयले सर्वेक्षण प्रतिवेदन तयार गरिसकेको छ। प्रत्येक वर्ष बजेट सार्वजनिक गर्नुभन्दा अघि सर्वेक्षण तयार गर्ने गर्दछ।

Tata
GBIME
Nepal Life

सर्वेक्षणमा चालु वर्षको ८ महिनाको आर्थिक क्रियाकलापको आधारमा विश्लेषण गर्ने गरिन्छ। सर्वेक्षणमा शिक्षा, स्वास्थ्य, विकास पूर्वाधारका अवस्थाको चित्रण गर्ने गरिन्छ। 

मन्त्रालयले थोरै कर्मचारीबाट अहिले बजेट निर्माणको छलफल गरिरहेको छ। दुई सचिव र पाँच जना बजेट निर्माण टीमका सदस्यहरु बिहान ७ देखि बेलुका १० बजेसम्म मन्त्रालयमै रहने गर्दछन्। यस्तै ती सदस्यहरुलाई खाजा-खानाको व्यवस्था मन्त्रालयको क्यान्टिनबाटै गरिएको छ। मन्त्री विष्णुप्रसाद पौडेलले भने घरबाट बोक्ने गरेका छन्। 

यो पटकको बजेट निर्माणमा विभिन्न पक्षहरुलाई भेटघाटका लागि समय दिइएको छैन। आफ्नो माग राख्ने व्यक्तिहरुलाई टेलिफोन लगायत माध्यमबाट नै व्यवस्था गरिएको छ। यो पटक थोरै कर्मचारीबाट मात्रै काम गरिएको छ। बजेट महाशाखा बाहेकका सहसचिव बाहेक अन्य उपसचिव तथा अधिकृतलाई आवश्यक काम पर्दा मात्रै बोलाइएको छ।