महिलाको १०० रुपैयाँको सेयर ३४ दिनमा ४५ सय रुपैयाँ नाघ्यो, अनलाइनबाट सवा ६ अर्बको किनबेच



बिजमाण्डू
२०७८ बैशाख २२ गते १५:१० | May 5, 2021
महिलाको १०० रुपैयाँको सेयर ३४ दिनमा ४५ सय रुपैयाँ नाघ्यो, अनलाइनबाट सवा ६ अर्बको किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञाको बाबजुत सेयर बजारमा ६ अर्ब रुपैयाँभन्दा बढिको कारोबार भएको छ। सुचक भने सामान्य घटेको छ। अहिले ब्रोकरले अनलाइनबाट कारोबार गर्न भनेका छन्। अनलाइनमार्फत नै यति ठूलो किनबेच भएको हो।

साधारण सेयर जारी गरेर दोस्रो बजारमा कारोबार भएको छोटो समयमा महिला लघुवित्तको सेयर मूल्य सर्वाधिक माथि पुगेको छ। बुधबार एकै दिन मूल्य ४१५ रुपैयाँले बढैर ४ हजार ५७३ रुपैयाँ पुगेको छ।

अंकित मूल्य १०० रुपैयाँको सेयर ३४ कारोबार दिनमा साढे चार हजार रुपैयाा प्रति कित्ता पुगेको हो।

यद्यपी महिलाभन्दा बढि विशाल बजार, रैराङ हाइड्रो र रिडी हाइड्रोको सेयर मूल्य बढेको छ। तर रकममा महिलाले उछिनेको हो।

आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त र स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ। यद्यपी साढे तीन प्रतिशतभन्दा कमै छ।

बजार सुचक ५ अंकले घटेको छ। दिनभरीमा ६ अर्ब २२ करोड रुपैयाँ हाराहारीको किनबेच भएको छ। बाणिज्य बैंकलगायत, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहका सेयरहरुको मूल्य घटेको छ।

ब्यापार, जलविद्युत, फाइनान्स र निर्जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ। 

बुधबार प्रभु इन्स्योरेन्सको संस्थापकतर्फको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि एनआइसी एसिया लघुवित्तको २२ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको पनि १९ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।