अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, सीआइटीको चुक्तापुँजी २७ करोड वृद्धि

बिजमाण्डू
२०७८ बैशाख १५ गते १५:०७ | Apr 28, 2021
अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, सीआइटीको चुक्तापुँजी २७ करोड वृद्धि


GBIME
Tata

काठमाडौं। मन्त्रिपरिषद् बैठकले जीवनदायक अक्सिजन सिलिन्डरलगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ। कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले कर छुट दिने निर्णय गरेको छ। 

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पनि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको जानकारी दिए। 

सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्दै तीन अर्ब २७ करोड रुपैयाँ कायम गर्न स्वीकृति दिएको छ। कोषको चुक्तापुँजी तीन अर्ब रुपैयाँ थियो।

मातृशिशु सेवा सुधार दिगो आर्थिक विकास कार्यक्रमसम्बन्धि क्षेत्रमा उपयोग गर्न जर्मन सरकारबाट प्राप्त हुने १३.८ मिलियन युरो स्वीकार गर्दै वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थसचिव र सहसचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।