संसदीय समितिका नवनिर्वाचित १२ सभापतिले सभामुखसमक्ष लिए शपथ (तस्वीरहरु)



बिजमाण्डू
२०८३ बैशाख ४ गते १७:२६ | Apr 17, 2026
संसदीय समितिका नवनिर्वाचित १२ सभापतिले सभामुखसमक्ष लिए शपथ (तस्वीरहरु)
संसदीय समितिका नवनिर्वाचित सभापतिहरु शपथ लिंदै

काठमाडौं। संघीय संसद्‍का १२ वटा समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Tata
GBIME
Nepal Life

सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा १० वटा र दुवै सदनका संयुक्त दुई समितिका सभापतिलाई शुक्रबार अपराह्न शपथ गराएका हुन्।

संसदीय समितिका नवनिर्वाचित सभापतिहरु शपथ लिंदै

१२ मध्ये ११ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा समितिमा कांग्रेस सांसद सभापति बनेका छन्। १२ वटै समितिले शुक्रबार अपराह्न बैठक राखेर सभापति छानेका हुन्।

संसदीय समितिका नवनिर्वाचित सभापतिहरु शपथ लिंदै

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बाँस्काेटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशाेक चाैधरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र पूर्वाधार विकास समितिमा आशिष गजुरेल निर्विरोध निर्वाचित भएका छन्। उनीहरु सबै रास्वपाका हुन्।

आकृति अवस्थी

ती समितिमा अरु दलले उम्मेदवारी दिएका थिएनन्।

अशोक चौधरी

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकै ओजस्वी शेरचन निर्वाचित भएकी छन्। उनीसँग नेकपा एमालेका गुरु बराल प्रतिस्पर्धामा थिए।

हरि ढकाल

बराललाई नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका सांसदले समर्थन गरे पनि पर्याप्त भएन। २७ सदस्यीय समितिमा तीन दलसँग जम्मा एक तिहाइ सांसद छन्।

रहबर अन्सारी

यस्तै संसदीय सुनुवाई समितिमा वोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन समितिमा गणेश कार्की निर्वाचित भएका छन्।

गणेश कार्की

वोधनारायण र गणेश दुवैजना रास्वपाका प्रत्यक्ष निर्वाचित सांसद हुन्।

संसदीय समितिका नवनिर्वाचित सभापतिहरु शपथपछि सभामुख डीपी अर्याल र कानुनमन्त्री सोविता गौतमसँग

सार्वजनिक लेखा समितिमा भने नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। यो समितिमा रास्वपाले उम्मेदवारी दिएको थिएन।