प्रतिनिधि सभा नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा रास्वपाका पराजुली



बिजमाण्डू
२०८२ चैत्र २३ गते १४:५७ | Apr 6, 2026
प्रतिनिधि सभा नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा रास्वपाका पराजुली

काठमाडौं। प्रतिनिधि सभाको नियमावली बनाउन मस्यौदा समिति गठन गरिएको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको सोमबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।

समिति गठनको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। समितिमा डा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल सदस्य छन्।

समितिलाई मस्यौदा तयार पार्न १४ दिनको समय दिइएको छ।