.jpg)
काठमाडौं। सुन चाँदीको मूल्य साताको दोस्रो दिन पनि सामान्य घटेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घटेको छ।
मंगलबार सुनको कारोबार मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
२ सय रुपैयाँ घट्दा सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। मंगलबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ भएको छ। सोमबार २० रुपैयाँले घट्दा प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मूल्यमा भइरहेको उतारचढावको स्थानीय बजारमा प्रभाव परेको छ। मंगलबार सुन प्रतिऔंस १७३५.८५ डलर र चाँदी प्रतिऔंस २५.५७ डलरमा कारोबार भएको छ।











