पूर्वाञ्चल क्यान्सर अस्पतालस्थित प्रभु बैंकको एक्सटेन्सन काउन्टर प्रधानमन्त्रीबाट उद्घाटन



बिजमाण्डू
२०७७ फागुन १९ गते ०८:५९ | Mar 3, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा रहेको प्रभु बैंकको एक्सटेन्सन काउन्टर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

झापाको बिर्तामोडस्थित ३०० शय्याको अस्पताल परिसरमा ग्राहकका सजिलाका लागि बैंकले एक्टेन्सन काउन्टर खोलेको थियो। 

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उपस्थित थिए। उद्घाटन कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलगायत उपस्थित थिए। 

'अस्पतालमा आउने ग्राहकलगायतलाई रकम जम्मा गर्न र भुक्तानी गर्न कुनै समस्या नहोस् भनेर हामीले एक्सटन्सन काउन्टर खोलेका हौं' शेरचनले भने, 'प्रधानमन्त्रीबाट उद्घाटन गराउन पाउँदा हाम्रो पनि गरिमा बढेको छ।'

बैंकको देशभर शाखा संख्या २ सय १३ पुगेको छ।