यतीको भ्यालेन्टाइन डे लक्षित योजना, माउन्टेन फ्लाइटमा जानेलाई ‘पिक एण्ड ड्रप’ गर्ने



बिजमाण्डू
२०७७ माघ २७ गते १५:२८ | Feb 9, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले भ्यालेन्टाइन डे लक्षित योजना सार्वजनिक गरेको छ।

कम्पनीले पर्वतीय उडानमा सहभागी हुने यात्रुलाई पिक अप ड्रपको सुविधा दिन लागेको प्रवक्ता एवं उडान सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले बताए।

यो दिन पर्वतीय उडान गर्ने यात्रुले उपहार स्वरुप पिक अप ड्रपअपको सुविधा सँगै गुलाफको गुच्छा, ८ जी डाटा र २५ मिनेट टकटाइम सहितको स्मार्ट सिम पनि प्राप्त गर्न सक्ने प्रवक्ता वर्तौलाले जानकारी दिए।

उनका अनुसार यात्रुले यस अघि देखि लागू हुँदै आएको भाडादरमा नै यो उडान गर्न सक्नेछन्।

कम्पनीले पर्वतीय उडानका लागि एक जनाका लागि आठ हजार आठ सय ४८ रुपैयाँ र जोडीका लागि नौ हजार आठ सय ४८ रुपैयाँ भाडादर  कायम तोकेको छ।      

आइतबार सार्वजनिक गरेको योजना अन्तर्गत हालसम्म एउटा जहाज भरिभराउ भइसकेको पनि उनले बताए।

'यस अघि विभीन्न मौलिक र आगन्तुक पर्व लक्षित आकर्षक योजना सार्वजनिक गरेका थियौँ। पछिल्लो समय पर्वतीय उडानमा यात्रुको उल्लेख्य सहभागिता देखिएको छ। त्यसै कारण हामीले यो दिनलाई लक्षित गर्दै विशेष  योजना ल्याएका हौँ।' उनले भने।

सातै दिन पर्वतीय उडानको तालिका पाएको यो कम्पनीले यात्रुको माग अनुसार उडान संचालन गर्दै आएको जनाएको छ।