नेको इन्स्योरेन्सका लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश पक्का, साधारण सभाबाट पारित



बिजमाण्डू
२०८२ फागुन १२ गते ११:३२ | Feb 24, 2026
नेको इन्स्योरेन्सका लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश पक्का, साधारण सभाबाट पारित


काठमाडौं। नेको इन्स्योरेन्सले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीको सोमबार भएको ३०औं वार्षिक साधारण सभाले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले इन्स्योरेन्सको चालु आर्षिक वर्षको लेखापरीक्षण गर्न आरएसएमए एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ।