
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईको अध्यक्षतामा रोजगारदाता परिषद् गठन भएको छ।
महासंघमा महत्त्वपूर्ण मानिने यस परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन्।
यस्तै, परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू ई. विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल मनोनित भएका छन्।
यसैगरी, वस्तुगत संघ समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी र नेपाल तयारी पोसाक संघका इमानसिंह लामालाई ल्याइएको छ। जिल्ला-नगर समूहबाट उद्योग संगठन मोरङका राकेश सुरानाका साथै वीरगंज उवासंघ र सिद्धार्थनगर उवासंघका प्रतिनिधिहरु रहने भएका छन्।
प्रदेश समूहबाट परिषद् सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र वागमती प्रदेशबाट दिलसुन्दर श्रेष्ठ चुनिएका छन्। दुवै सदस्य महासंघको कार्यकारिणी समिति सदस्य समेत हुन्। प्रदेश समूहबाट रोजगारदाता परिषद् सदस्य हुने अन्यमा गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी र लुम्बिनी प्रदेशबाट दीपक पौडेल रहेका छन्।
अन्य क्षेत्र र वर्गमध्येबाट परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली र बाबुकाजी कार्की चुनिएको महासंघको विज्ञप्तिमा उल्लेख छ।
परिषद्को आमन्त्रित सदस्यहरूमा क्रमशः नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुका साथै नेपाल निर्माण व्यवसायी महासंघका ई. आङ दोर्जी लामा, एनसेल नेपाल प्रालिका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह छन्।
परिषद्ले मूलतः असल श्रम सम्बन्धको प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघ संस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानका लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्ने लगायतका काम गर्नेछ।










