सानिमा बैंकको ललितपुरको महालक्ष्मीमा शाखा कार्यालय, मह  जोडीले गरे उद्घाटन



बिजमाण्डू
२०७७ माघ २ गते १६:२७ | Jan 15, 2021
सानिमा बैंकको ललितपुरको महालक्ष्मीमा शाखा कार्यालय, मह  जोडीले गरे उद्घाटन

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंक लिमिटेडले ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै) एक्सटेन्सन काउन्टर खोलेको छ। बैंकको शाखाको उद्घाटन बैंकको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्। 

मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिए। उनीहरुले सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन पनि भने।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा एटिएम संचालनमा रहेका छन्।