सार्वजनिक भएको एक महिनामै भारतमा निशानको म्यागनाइट गाडी ३२ हजारभन्दा बढी बुकिङ



बिजमाण्डू
२०७७ पुष २० गते १६:१३ | Jan 4, 2021
सार्वजनिक भएको एक महिनामै भारतमा निशानको म्यागनाइट गाडी ३२ हजारभन्दा बढी बुकिङ


भारतीय बजारमा सार्वजनिक निशान म्यागनाइट गाडी एक महिनामै ३२ हजार आठ सय युनिट बुकिङ भएको छ। भारतमै उत्पादन गरिएको सब कम्प्याक्ट एसयुभी सेगमेन्टअन्तर्गतको यो गाडीले फोर स्टार सेफ्टी रेटिङ पाइसकेको छ।      

Tata
GBIME
Nepal Life

'हामीले म्यागनाइटप्रति ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छौं। पहिलो पाँच दिनमै यसको पाँच हजार र १५ दिनमा १५ हजारवटा बुकिङ आएको थियो। अहिलेसम्म ३२ हजार आठ सय बुकिङ आइसकेको छ,' सोमबार कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रीवास्तवले भनेका छन्। 

उनका अनुसार, यो समयावधिमा म्यागनाइटकै लागि करिब दुई लाख जनाले सोधपुछ गरिसकेका छन्। पहिलो सब-फोर मिटर एसयुभी सेग्मेन्ट अन्तर्गत रहेको यो गाडी एक्स-ई,एक्स-एल, एक्स-भी, एक्स-भी प्रिमियम लगायत चारवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

गाडीको क्याबिनमा एप्पल कारप्लेसहित आठ इन्चको फ्लोटिङ टचस्क्रिन डिस्प्ले, एन्ड्रोइड अटो, सात इन्चको टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक एसी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत सुविधा समावेश गरिएको छ। 

चार भेरियन्टमध्ये एक्स-भी र एक्स-भी प्रिमियममा ग्राहकले टेक प्याकको सुविधा लिन सक्नेछन्। कम्पनीका अनुसार टेक प्याकअन्तर्गत वायरलेस चार्जर, एयर प्युरिफायर, एम्वियन्ट मुड लाइटीङ, पडल ल्याम्प, हाइ इण्ड स्पिकर लगायतको सुविधा जडान गरिएको छ।

दुई वटा पेट्रोल इन्जिन अप्सनमा उत्पादन भएको म्याग्नाइट १.० लिटर पेट्रोल मोटर र १.० लिटर टर्बो पेट्रोल युनिटमा छन्। ७१ ब्रेकिङ हर्सपावर र ९६ एनएम (न्युटन मिटर) टर्क पावर रहेको यो गाडीमा पाँच स्पिड म्यानुअल गियरबक्स राखिएको छ।

टर्बो पेट्रोल युनिटमा भने कन्टिन्युअस्ली भेरिएबल ट्रान्समिसन (सिभीटी) समावेश गरिएको छ।