काठमाडौं। सुनको मूल्यमा चार दिनपछि सामान्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ।
बिहीबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ६ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ वृद्धि भएको छ। बिहीबार चाँदी प्रति तोला ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।
बुधबार चाँदी प्रति तोला ५ हजार २ सय ९० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ५०७६.२३ डलर कायम छ। चाँदी प्रति औंस ८४.१७ डलर छ।











