उखुको भुक्तानी तत्काल दिन सिएनआईको आग्रह, पैसा दिएका उद्योगीलाई कारवाही नगर्न आग्रह



बिजमाण्डू
२०७७ पुष ८ गते १७:११ | Dec 23, 2020
उखुको भुक्तानी तत्काल दिन सिएनआईको आग्रह, पैसा दिएका उद्योगीलाई कारवाही नगर्न आग्रह

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न उद्योगीलाई आग्रह गरेको छ।

परिसंघले आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुवै पक्षलाई हानि पुग्ने जनाएको छ। बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिन परिसंघले आग्रह गरेको छ।

उखु उत्पादन किसानको रोजीरोटी तथा चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पूरा गर्न योगदान गर्ने भएकोले समयमै समस्या समाधान गर्न उपयुक्त हुने परिसंघले जनाएको छ।