सुनको मूल्य बढ्दै फेरि तोलाको ३ लाख नाघ्यो, चाँदी ३ सय रुपैयाँ महँगियो



बिजमाण्डू
२०८२ माघ २५ गते ११:२३ | Feb 8, 2026
सुनको मूल्य बढ्दै फेरि तोलाको ३ लाख नाघ्यो, चाँदी ३ सय रुपैयाँ महँगियो

काठमाडौं। सुनचाँदीको मूल्य फेरि महँगिएको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको छ भने चाँदी ३ सय रुपैयाँले वृद्धि हुँदै कारोबार मूल्य कायम भएको छ।

Tata
GBIME
Nepal Life

आइतबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि अघिल्लो दिनका तुलनामा ४ हजार २ सय रुपैयाँले घट्दा शुक्रबार प्रति तोला २ लाख ९१ हजार रुपैयाँ भएको थियो।

चाँदी पनि महँगिदै प्रति तोला ५ हजार १० रुपैयाँ पुगेको छ। गत शुक्रबार तोलाको ४ हजार ७ सय १० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ४९६६.२६ डलर पुगेको छ भने चाँदी प्रति औंस ७७.८ डलर भएको छ।गत शुक्रबार सुन प्रति औंस ४८२१.६६ डलर र चाँदी ७३ डलर थियो।