काठमाडौं। बुधबार बढेको सुन र चाँदीको मूल्य आज घटेको छ। अघिल्लो दिन तुलनामा आज (बिहीबार) सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला २ लाख ९५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य एकैदिन तोलामा १४ हजार ४०० रुपैयाँले बढेर प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य आज तोलामा ६२० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ९८० रुपैयाँमा आइपुगेको छ।
बुधबार चाँदी तोलामा २६५ रुपैयाँले बढ्दा प्रति तोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४८६६.६५ डलर आइपुगेको छ । चाँदी प्रति औंस ७६.४ डलर भएको छ।
बुधबार सुन बढेर प्रति औंस ५०८१.५१ डलर र चाँदी प्रतिऔंस ८८.२ डलर पुगेको थियो।










