अर्थमन्त्री खनालले फेरे बीमा प्राधिकरणको नेतृत्व, शर्माको ठाउँमा अब सचिव पौडेल



बिजमाण्डू
२०८२ माघ १२ गते १८:२९ | Jan 26, 2026
अर्थमन्त्री खनालले फेरे बीमा प्राधिकरणको नेतृत्व, शर्माको ठाउँमा अब सचिव पौडेल
चन्द्रकला पौडेल


काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई दिएको छ।

Vigo
GBIME
Tata

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव पौडेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी दिएको हो।

सरकारले यसअघि नयाँ अध्यक्ष नियुक्त नभएको अवस्थामा अर्थ मन्त्रालय मातहतका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिने गरेको थियो।

अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा गत असोज दोस्रो साता अर्थ मन्त्रालय मातहतका सहसचिव जनकराज शर्मालाई प्राधिकरण अध्यक्ष बनाइएको थियो।

शर्माले व्यक्तिगत कारण समय दिन नसकेपछि खनालको प्रस्तावमा सोमबार सचिव पौडेललाई प्राधिकरण अध्यक्षको कामकाज समेत हेर्ने जिम्मा दिइएको हो।