काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। सुनको भाउ सोमबार प्रति तोला ५ हजार २ सय रुपैयाँ बढेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार प्रति ३ तोला लाख ९ हजार रुपैयाँ कायम भएको छ। सुन आइतबार प्रति तोला ३ लाख ३ हजार ८०० रुपैयाँका दरले कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ। यो कीर्तिमानी मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य प्रति औंस ५०९२.७४ डलर र चाँदी १०८.४७ डलर पुगेको छ।











