धेरै निर्यात हुने वस्तुको सूचीमा भटमास तेलपछि अलैंची, ६ महिनामा सवा ७ अर्बको पठाइयो

बिजमाण्डू
२०८२ माघ ७ गते १७:३२ | Jan 21, 2026
धेरै निर्यात हुने वस्तुको सूचीमा भटमास तेलपछि अलैंची, ६ महिनामा सवा ७ अर्बको पठाइयो


काठमाडौं। निर्यात धेरै हुने वस्तुको सूचीमा अलैंची दोस्रो नम्बरमा उक्लिएको छ।

GBIME
Tata

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पुसमा आइपुग्दा धेरै निर्यात हुने वस्तुको सूचीमा अलैंची दोस्रो नम्बरमा उक्लिएको हो।

गत मंसिरसम्म अलैंची तेस्रो स्थानमा थियो। विभागका अनुसार यो वर्ष ६ महिनामा ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँको ३४ लाख ६१ हजार ३५० केजी अलैंची निर्यात भएको छ।

६ महिनामा एक खर्ब ४२ अर्ब रुपैयाँको वस्तु निर्यात हुँदा भटमास तेल पहिलो नम्बरमा छ। नेपालबाट ६ महिनामा भारतमा ५६ अर्ब ८ करोड रुपैयाँको २७ करोड २२ लाख ७५ हजार केजी तेल निर्यात भएको छ।

निर्यात धेरै भएको वस्तुको सूचीमा गलैंचा छ। ६ महिनामा ४ अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको छ।