युनाइटेड अजोडबाट १ वर्षमै बाहिरिए गौतम, रेना रिजाललाई निमित्त सीइओको जिम्मेवारी



बिजमाण्डू
२०८२ माघ ६ गते १६:४५ | Jan 20, 2026
युनाइटेड अजोडबाट १ वर्षमै बाहिरिए गौतम, रेना रिजाललाई निमित्त सीइओको जिम्मेवारी


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट कमल गौतमले राजीनामा दिएका छन्। गौतमको राजीनामा आइतबार बसेको कम्पनी संचालक समितिले स्वीकृत गरिसकेको छ।

Vigo
GBIME
Tata

संचालक समितिले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत र‍ेना रिजाललाई निमित्त सीइओको जिम्मेवारी दिएको छ।

युनाइटेड अजोडमा तत्कालीन सीइओ श्रवणकुमार रावलको निधनपछि पोहोर मंसिरमा नियुक्त भएका गौतम १ वर्षमै बाहिरिएका हुन।

बैंकिङ तथा इन्स्योरेन्समा तीन दशक बिताएका गौतम त्यसअघि हिमालयन एभरेष्ट इन्स्योरेन्समा सीइओ थिए।