कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता



बिजमाण्डू
२०८२ माघ २ गते १३:१५ | Jan 16, 2026
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र प्रहरी महानिरीक्षक दानबहादुर कार्की

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सुरक्षालाई लिएर छलफल गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आयोगमा बोलाएर सुरक्षा अवस्थाबारे छलफल गरेका हुन्।

प्रतिनिधि सभाको निर्वाचन आउन अब ४८ दिन मात्र बाँकी छ। राजनीतिक दलहरुले सुरक्षा अवस्थालाई लिएर सरकारको समेत ध्यानाकर्षण गराइरहेको अवस्थामा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले प्रहरी महानिरीक्षक कार्कीलाई बोलाए छलफल गरेका हुन्।

प्रहरीले निर्वाचनको सुरक्षाका लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्दै छ। त्यसका लागि अहिले धमाधम आवेदन लिने काम भइरहेको छ।