काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स संचालक समिति बैठकले बुधबार सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस र नगद गरेर १०.५२ प्रतिशतले हुन आउने ५२ करोड ६४ लाख ३७ हजार ८११ रुपैयाँ प्रतिफल पाउनेछन्।
एसियनले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको अहिले ५ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ।
नेपाल बीमा प्राधिकरण र कम्पनीको साधारण सभाबाट स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन्। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा ५.१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
कम्पनीले त्यसअघि २०७९/८० मा ७.७५ प्रतिशत बोनस सेयर वितरण गरेर ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।










