सानिमा रिलायन्स इन्स्योरेन्सको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, सेयरधनीलाई ५१ करोड



बिजमाण्डू
२०८२ पुष २४ गते १५:३८ | Jan 8, 2026
सानिमा रिलायन्स इन्स्योरेन्सको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, सेयरधनीलाई ५१ करोड


काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीको बिहीबार भएको ९औं वार्षिक साधारण सभाले सेयरधनीलाई कर प्रयोजनसहित ५१ करोड ४ लाख १८ हजार ९७० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले संचालक समितिका तर्फबाट अध्यक्ष रतनलाल केडियाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका साथै गत आवको लेखापरिक्षण प्रतिवेदन र वित्तीय विवरण पनि पारित गरेको छ।

साधारण सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजाल विस्तार, मजबुत आन्तरिक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययिता लगायत कारण बीमा बजारमा कम्पनी सम्मानजनक स्थान ओगट्न सफल भएको बताए। उनले मर्जरमा आएका चुनौतिलाई धैर्यतापूर्वक व्यवस्थापन गरेको बताए।