काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १२१.१ अर्थात् ६ अर्ब ५० करोड ३२ लाख ७ हजार रुपैयाँ संकलन गरेको हो।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५१ करोड ८ लाख ४७ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए।
उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ। आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन्।











