सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पुनर्निर्माण कोषमा गर्‍यो एक करोड एक लाख रुपैयाँ सहयोग



बिजमाण्डू
२०८२ पुष २१ गते ११:२३ | Jan 5, 2026
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पुनर्निर्माण कोषमा गर्‍यो एक करोड एक लाख रुपैयाँ सहयोग


काठमाडौं। जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचना पुनर्निर्माणका लागि खडा गरिएको कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी कोषमा सहयोग गरेको हो।

इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमको हस्तान्तरण गरेका छन्।

कोषमा सहयोग गरेकामा अर्थमन्त्री खनालले इन्स्योरेन्सलाई धन्यवाद दिए। कोषमा अहिलेसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।