मेयर बालेन साह बने रास्वपाको वरिष्ठ नेता, २६ जना केन्द्रीय सदस्यमा मनोनीत



बिजमाण्डू
२०८२ पुष २० गते २०:५६ | Jan 4, 2026
मेयर बालेन साह बने रास्वपाको वरिष्ठ नेता, २६ जना केन्द्रीय सदस्यमा मनोनीत


काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य हुँदै वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ रास्वपाको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

Tata
GBIME

सभापति रवि लामिछानेले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथग्रहण गराएका थिए। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको निर्णय सुनाउँदै २६ जनालाई पार्टीमा स्वागत गरेका थिए। यसैगरी रास्वपाले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्तासमेत थप गर्ने महामन्त्री बुर्लाकोटीले जनाए।

यी हुन् मनोनीत सदस्य

बालेन्द्र शाह, सुनिल लम्साल, भूपदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, सन्तोष गिरी, खगेन्द्र सुनार, डा. नमिता यादव, गणेश पौडेल, सरिता ज्ञावाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदिप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजश्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदिप पाण्डे र खेमराज साउद।