जेनजी आन्दोलनमा क्षति: २३ अर्ब ७६ करोड दाबी, इन्स्योरेन्सले भुक्तानी गर्‍यो ५ अर्ब ४८ करोड



बिजमाण्डू
२०८२ पुष १७ गते १५:५८ | Jan 1, 2026
जेनजी आन्दोलनमा क्षति: २३ अर्ब ७६ करोड दाबी, इन्स्योरेन्सले भुक्तानी गर्‍यो ५ अर्ब ४८ करोड

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब ४७ करोड रुपैयाँको दाबी परेकामा इन्स्योरेन्स कम्पनीहरुले हालसम्म ५ अर्ब ४८ करोड रुपैयाँ मात्र भुक्तानी गरेका छन्।

Tata
GBIME
Nepal Life

डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा ३ हजार ३१६ वटा दाबी परेकोमा पुस तेस्रो सातासम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरिएको हो।

नेपाल बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ १९ अर्ब ५ करोड दाबी परेकामा ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ ३ अर्ब ४६ करोड १६ लाख बराबरको दाबी परेकामा १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ३९ लाख दाबी रकममध्ये ८ करोड ३६ लाख, परिवहन बीमातर्फ १ करोड ६९ लाख दाबी रकममध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ ३८ करोड ४० लाख दाबी परेकामा ५ करोड रुपैयाँ अग्रिम भुक्तानी भएको छ।

निर्जीवन बीमा कम्पनीलाई ३ अर्ब २ करोड रुपैयाँ नेपाल रिइन्स्योरेन्सले अग्रिम भुक्तानी गरेको छ। यस्तै, असोज तेस्रो साता आएको बाढी पहिरोका कारण भएका ४ अर्ब १९ करोड दाबी परेकामा निर्जीवन बीमा कम्पनीले १९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।