काठमाडौं। नेपालका लागि डोङफेङ र सेरेस विद्युतीय गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले दाङमा शोरुम खोल्न लागेको छ।
कम्पनीले राप्ती अटोमार्ट प्रालिसँग मिलेर शोरुम सञ्चालनमा ल्याउन लागेको हो। शोरुम उद्घाटनका अवसरमा नामी भिगो गाडी सार्वजनिक गरिनेछ।
नयाँ शोरुम सञ्चालनमा लागेको अवसरमा कम्पनीले दाङमा शनिबारदेखि ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’ गर्न लागेको छ।
तीन दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकले नयाँ नामी भिगो वा नामी बक्स गाडी नाडामा सार्वजनिक गरिएको मूल्यमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकले ७ किलोवाट क्षमताको द्रुत चार्जर, ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमा सुविधा पाउनेछन्। यस्तै सेरेस गाडिमा ६ लाख रुपैयाँसम्मको विशेष लाभ उपलब्ध गराइने कम्पनीले जनाएको छ।











