दसैंतिहारमा भ्रमण गर्ने पर्यटकलाई एक्सेल ट्रिपको क्यासब्याक अफर, टिकट बुक गर्दा ३ सय फिर्ता



बिजमाण्डू
२०७७ असोज २० गते १३:४८ | Oct 6, 2020
दसैंतिहारमा भ्रमण गर्ने पर्यटकलाई एक्सेल ट्रिपको क्यासब्याक अफर, टिकट बुक गर्दा ३ सय फिर्ता

Tata
GBIME
Nepal Life

काठमाडौं। अनलाइन ट्राभल प्लाटफर्म एक्सएल ट्रिपले दसैंतिहारमा भ्रमण गर्ने पर्यटकलाई क्यास ब्याकको अफर सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो वेबसाइटमार्फत भ्रमण प्याकेज  सार्वजनिक गरेसँगै होटल तथा हवाई जहाजको टिकट बुकिङ गर्दा पर्यटकले तीन सय रुपैयाँको क्यास ब्याक प्राप्त गर्न सक्ने जनाएको छ।

कम्पनीबाट प्राप्त भएको क्यासब्याकलाई पर्यटकले संसारभर भ्रमणमा प्रयोग गर्न सक्ने छन्। कम्पनीले पर्यटन बोर्डसँगको सहकार्यमा 'नेपालको पर्यटन हाम्रो दायित्व' नारा लिएर मुलुकको पर्यटन प्रवर्द्धन पनि गर्दै आएको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धनका लागि कम्पनीले सम्बन्धित निकायसँग छलफल सुरु गरेको पनि जनाएको छ।

कम्पनीका अनुसार हाल पाँचवटा नेपाली आन्तरिक वायुसेवा कम्पनी र आठ सय भन्दा बढी होटलसँग सहकार्य भइरहेको छ। संसारभर २३ लाखभन्दा बढी होटल र चार सय ५० अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग सहकार्य गर्दै आएको जनाएको कम्पनीले आफ्नो वेबसाइटमार्फत यात्रुले दुई सय ५० भन्दा बढी पर्यटकिय गन्तब्यमा सहजै भ्रमण गर्नसक्ने जनाएको छ। 

शून्य प्रतिशत कमिसनमा सेवा दिँदै आएको कम्पनीले डिजिटल पेमेन्टका लागि फोनपेसँगे विभिन्न बेंकको आधिकारीक मोबाइल एप र कार्ड प्रयोग गर्न सकिने जनाएको छ।