युनिक प्लास्टिक उद्योगले आइपीओ निष्कासन गर्ने, नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धक



बिजमाण्डू
२०८२ पुष ९ गते १६:२० | Dec 24, 2025
युनिक प्लास्टिक उद्योगले आइपीओ निष्कासन गर्ने, नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। हेटौंडास्थित युनिक प्लास्टिक उद्योगले सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो।

आइपीओ जारी गर्न उद्योगले नेपाल लाइफ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुई कम्पनीबीच बुधबार सम्झौता भएको छ।

सम्झौतापत्रमा उद्योगका अध्यक्ष हरि बहादुर बस्नेत र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरे हस्ताक्षर गरेका छन्।

उद्योगले पाँच वर्षदेखि पाइप उत्पादन गर्दै आएको छ।